नियम
छानबिन गर्ने
(१) नियम ७ को उपनियम (२) बमोजिम सम्बन्धित व्यक्तिले आफ्नो भनाइ राखे पछि वा विवरण प्राप्त भएपछि वा सो उपनियम बमोजिमको म्याद नाघेपछि उजुरी सम्बन्धी विषयमा थप छानबिन गर्ने निर्णयका लागि आयोगले तोकेको सदस्य वा त्यसरी तोकिएको सदस्य नभएको अवस्थामा अध्यक्षले तोकेको सदस्य समक्ष उजुरी तथा छानबिन शाखाका प्रमुखले उजुरी सम्बन्धी सम्पूर्ण कागजात संलग्न गरी पेश गर्नु ग्रस । (२) उपनियम (१) बमोजिम उजुरी तथा कागजात पेश भए पछि सो विषयमा थप छानबिन गर्ने सम्बन्धमा . आवश्यक निर्णय लिन सम्बन्धित सदस्यले उजुरी सम्बन्धी फाइल आयोग समक्ष पेश गर्नेछ ।

(३) उपनियम (२) बमोजिम पेश हुन आएको उजुरी र कागजातबाट उजुरीको प्रकृति र अवस्था; हेर्दा थप छानबिन गर्नुपर्ने देखिएमा ऐनको दफा १० बमोजिम आयोगले आफैँ छानबिन गर्न, समिति गठन गर्न .वा आयोगको अधिकृत कर्मचारीलाई खटाउन सक्नेछ ।

(४) उपनियम (३) बमोजिम समिति गठन गर्दा आवश्यकता अनुसार आयोगको - सदस्य, कर्मचारी, सम्बन्धित विषयको विशेषज्ञ, सुरक्षा निकायको प्रतिनिधि, कानूनविद्‌, सरकारी वकिल, अधिकारकर्मी, स्थानीय प्रतिनिधि, दोभाषे वा सहजकर्ता समेत रहने गरी_गठन गर्न सकिनेछ ।

(५) यस नियम बमोजिम छानबिन गर्नको लागि आयोगले तोकेको सदस्य, कर्मचारी वा छानबिन समितिले उजुरी सम्बन्धमा छानबिन गर्दा प्रचलित ऐन तथा यस नियमावली बमोजिम आयोगलाई भए सरहको छानबिन सम्बन्धी अधिकार प्रयोग गर्न सक्नेछ-।

(६) यस नियम बमोजिम छानबिन गर्दा कसैले महिला विरुद्धको हिसा वा महिला अधिकारको हनन गरेको छ भन्ने विश्वसनीय आधार देखिन आएमा स्थलगत निरीक्षण गर्न, कसैको निजी घर, आवास, कार्यालय, निकाय आदिमा प्रवेश गर्नुपर्ने देखिएमा पर्चा खडा गरी प्रवेश गर्न सकिनेछ । त्यस्तो घरमा मालिक वा सो सम्पत्तिको भोग गर्ने व्यक्ति वा संस्थाले प्रवेश पार्न तराना य्रच्रार्‌ प्रजााग्पा चा प॒तरणा गार्सख साटाग्ना याच्रज्गक्ता अनुसार प्रहरीको सहयोग लिई प्रचलित कानूनबमोजिम तत्काल मुचुल्का बनाई प्रवेश गर्न सकिनेछ ।

(७) उपनियम (३) बमोजिमको कर्मचारी वा समितिले छानबिन गरी फर्किएको सात दिनभित्र आफ्नो: राय-सहितको प्रतिवेदन आयोग समक्ष बुझाउनु पर्नेछ ।

(८) उपनियम (७) बमोजिमको अवधिभित्र प्रतिवेदन पेश गर्न नसकिएमा छानबिन कार्यको लागि थप समय आवश्यक भएको मनासिब कारण सहित थप अवधि माग गरेमा आयोगले तोकेको सदस्यले कार्य प्रगतिको आधारमा एकैपटक वा दुईपटक गरी बढीमा पन्ध्र; दिनसम्मको अवधि थप गर्न सक्नेछ ।